दफा २४
कार्यक्षमताको आधारमा हुने बढुवाको आधार
(१) बढुवा समितिले निजामती कर्मचारीलाई कार्यक्षमताबापत पाएको कुल अंकको आधारमा बढुवाको लागि सिफारिस गर्नेछ ।
(२) निजामती कर्मचारीको कार्यक्षमताको मूल्यांकन गर्दा देहायबमोजिम बढीमा एक सय अंक दिइनेछः–
(क) कार्यसम्पादन मूल्यांकनबापत – चालीस अंक
(ख) ज्येष्ठताबापत – तीस अंक
(ग) शैक्षिक योग्यताबापत – बाह्र अंक
(घ) भौगोलिक क्षेत्रमा काम गरेबापत – सोह्र अंक
(ङ) तालिमबापत – दुई अंक
(३) सम्भाव्य उम्मेदवारको कार्यसम्पादन मूल्यांकनबापत अंक गणना गर्दा आषाढ
मसान्तसम्मको हिसाबले र अन्य अंकको गणना गर्दा बढुवाको दरखास्त दिने अन्तिम म्यादसम्म
हासिल गरेको अंक गणना गरिनेछ ।